+

मधेश युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीना

२०८१ असोज  ५ गते १८:३४ २०८१ असोज ५ गते १८:३४
मधेश युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीना

५ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ ।

शुक्रबार वीरगञ्जको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो ।

एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावान खेलाडीहरु उपस्थित थिए । तर ट्यालेन्ट हन्टबाट एक खेलाडी मात्र छनोट गर्ने कार्यक्रमहरु अनुसार मीना छनोट भएकी हुन् ।

विनिताले अब यही असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा मधेश युनाइटेडको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेपछि मधेश आफ्नो टिममा १२ खेलाडीको कोटा पूरा गर्ने पहिलो टिम समेत बनेको छ ।

आयोजकको नियम अनुसार हरेक टोलीमा कूल १२ खेलाडी हुनेछन् । जसमा मार्की खेलाडीसहित ८ खेलाडी ड्राफ्टमार्फत टिममा राखिएको थियो भने तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ ।

मधेशले विदेशी खेलाडीमा काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेश युनाइटेडको मार्की प्लेअर छन् ।

ट्यालेन्ट हन्ट पछि आफ्नो टिमको कोटा पूरा भएको र टिम उत्कृष्ट बनेको मधेश युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले जनाएका छन् ।

मधेश युनाइटेडको खेलाडीहरु :

निरुता ठगुन्ना, संगम महतो, शान्तिकला तामाङ, पुजा थारु, जसना महतो, हिरा केसी, एलिसा मानन्धर, आशिका क्षेत्री, कालिनोभा यभजेनिया, योस्रा जेरामदिनी, जिनी कोभात, मीना चौधरी (ट्यालेन्ट हन्ट) ।

भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय