+
+

कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्ने गुनासो छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते १८:५९

५ असोज, काभ्रे । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला दलबीचको सत्ता सहकार्यले नागरिक खुशी भएको बताएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताएका हुन् ।

‘कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ’, उनले भने ।

पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसका नेता डा. शशांक कोइरालाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सञ्चार क्षेत्रको विकास कांग्रेसका नीति र नेतृत्वका कारण सम्भव भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?