+

वेष्टह्याममाथि चेल्सीको सहज जित

२०८१ असोज  ५ गते १९:५३ २०८१ असोज ५ गते १९:५३
वेष्टह्याममाथि चेल्सीको सहज जित

५ असोज, काठमाडौं । निकोलस ज्याक्सनको दुई गोलसँगै चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेष्टह्याममाथि सहज जित हात पारेको छ ।

शनिबार भएको खेलमा चेल्सीले वेष्टह्यामलाई ३–० गोल अन्तरले हराएको हो । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले चौथो मिनेटमा नै ज्याक्सनको गोलबाट अग्रता लिएको थियो ।

खेलको १८औं मिनेटमा मोइसेस कारेडोले चेल्सीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुमा नै ज्याक्सनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई अझ सहज बनाए ।

जितसँगै चेल्सी ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अंक जोडेको वेष्टह्याम चौधौं स्थानमा छ ।

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय