+

लिभरपुल शीर्ष स्थानमा

२०८१ असोज  ६ गते ७:४७ २०८१ असोज ६ गते ७:४७
लिभरपुल शीर्ष स्थानमा

६ असोज, काठमाडौं । लुइस डियाजको दुई गोल मदतमा लिभरपुलले प्रिमियर लिगमा शनिबार राति बर्नमाउथलाई ३-० ले पराजित गरेको छ । यो जितपछि लिभरपुल शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा डियाजले पहिलो हाफमा दुई मिनेट अन्तरमा दुई गोल गरेका थिए । डियाजले २६औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने २८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

डार्विन नुनेजले ३७औं मिनेटमा लिभरपुलका लागि गोल थपे ।

जितपछि लिभरपुलले ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

४ खेलबाट १२ अंक नै जोडेको म्यानचेष्टर सिटी गोल अन्तरमा पछि छ ।

लिगकै अन्य खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको  । म्यानचेष्टर युनाइटेड भने क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

एस्टन भिलल्ले वल्भ्सलाई तथा फुलहमले न्युकासल युनाइटेडलाई समान ३-१ ले पराजित गरेको छ ।

लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय