+
+

काठमाडौंमा देखिएको मुगुको दृश्य (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते ९:११
कर्णाली नदीले फन्को मारेको मुगुको कच्चेकोट । सोरु गाउँपालिकामा अवस्थित यो ठाउँमा धेरै वर्ष पहिले कोटे राजा बसेका कारण यसलाई कच्चेकोट भनिएको स्थानीय बताउँछन् ।

६ असोज, काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, मुगु जिल्ला । मुख्यगरी मुगुमा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् ।

रारा ताल रहेको त्यही मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू प्रदर्शन भइरहेको छ ।

नयाँ बानेश्वरको उमोजा क्याफेमा सुरु भएको प्रदर्शन सोमबारसम्म चल्नेछ ।

शब्द दृश्य ,चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली चिनाउन सुरु भएको ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तगर्त मुगु जिल्लाको प्रर्दशनी सुरु गरीएको हो ।

प्रदर्शनीमा पर्यटकको प्रमुख रोजाइमा रहेको रारा तालको सबै मौसमका तस्वीरहरू राखिएको आयोजक मनघरी फाउण्डेशनका भरतबन्धु थापाले जानकारी दिए ।

यसका साथै प्रर्दशनीमा मुगु जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी २५ वटा तस्वीर पनि छन् । मुगु र कर्णाली झल्कने भिडियो पनि प्रर्दशन गरिएको छ ।

भामवाडा गाउँका परम्परागत शैलीका घर ।
सदरमुकाम गमगढी बजार ।
छायानाथ तीर्थस्थल । समुद्री सतहबाट ४२०० मिटर उचाइमा पर्ने मुगुको छायानाथमा जनैपूर्णिमाका दिन मेला लाग्छ । धार्मिक मान्यता अनुसार नेपालका महत्वपूर्ण चार धाम (बराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिनाथक्षेत्र, ऋषिकेश र रुरुक्षेत्र) जस्तै छायाँनाथ पनि हिन्दू धर्मावलम्वीहरुको एक प्रसिद्ध धाम हो ।
रारा ताल छेउमा फूलेका रङ्गिबिरङ्गी फूलहरू । वैशाखको अन्तिमदेखि साउनको अन्तिमसम्म रारा ताल छेउमा फूलहरु फुल्छन् ।
रारा-जुम्ला पदमार्गमा पर्यटक
मोटरसाइकलमा रारा जाँदै एक पर्यटक
रारा तालमा डुंगा चलाउँदै ।
परम्परागत पोशाकमा मुगाली युवती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?