+
+

एआई र रोबोटिक्समा आधरित उपन्यास ‘सावर्णि’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते ९:३६

६ असोज, काठमाडौं, । । बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालले एआई र रोबोटिक्समा आधरित उपन्यास ‘सावर्णि’ ल्याएका छन् । उनको कृति शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

प्राध्यापक अभी सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लाोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्डै डा. समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश गर्न लागेको बताए ।

‘अब हामी सावर्नी युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबा हजुरआमा मोबाइलबिना खाना खानै नसक्ने अवस्था छ,’ पुस्तकबारे डा. समीरले भने, ‘हामीलाई एआईले नियन्त्रण गरिरहेको छ । कुनै लेख लेख्नुपर्यो च्याट जिपिटी छ । हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ ।’

यही विषयलाई डा. खनालले मीठो भाषा शैलीमा लेखेको डा. समिरले बताए । उनले यो उपन्यास चिकित्सकले लेखेजस्तो नलाग्ने समेत बताए । उनले भने, ‘यो पुस्तक राम्रो लेखकले नै लेखेजस्तो छ । एआईले हामीलाई शाषण गर्न सुरू गरिसकेको छ । यस आक्रमणबाट बालबालिकालाई बचाउने तरीकाको लागि यो किताब उपयुक्त छ ।’

लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन् । ‘सावर्णि’मा डा. खनालको अध्ययनको फैलावट समेत देखिएको बताइन् । उनले भनिन्, ‘यो किताब हामी हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ ।’ शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन् ।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?