+
+

निबन्धकार कुमारीको ‘दर्ज्यु संलाप’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १०:४६

६ असोज, काठमाडौं।  निबन्धकार कुमारी लामाको दर्ज्यु संलाप लोकार्पण भएको छ । शनिबार प्राडा अरुण गुप्तो, डा. विन्दु शर्मा, फूलमान बल, प्रकाशक पुष्पराज पौडेल र लेखक लामाले पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण कार्यक्रममा अरुण गुप्तोले आफू लाई किताबले धेरै विषयमा ज्ञान दिएको र किताबमा भएका विषयले आपफूलाई अत्यन्त प्रभावित पारेको बताए । उनले स्थानीय परिवेश र चित्रणले उक्त स्थानमा नै पुगेर अवलोकन गर्न मन लागेको बताए ।

डा. विन्दु शर्माले निबन्धमा भूइँमान्छे र नारीका विषयमा गहन विषय उठान भएको बताइन् । निबन्धमा आख्यानीकरण पनि रहेको सबै पाठकका लागि उपयोगी हुने बताइन् । फूलमान बलले निबन्धमा ठूला मान्छे र ठूलो विषय नभए पनि राम्रो र स्तरीय रहेको र जात र वर्णमा लोप हुन लागेको जातको विषयमा लेखेर महत्वपूर्ण योगदान दिएको बताए ।

लेखक कुमारी लामाले आफूले निबन्धमा सक्दो प्रयास गरेको र सृजनात्मक सुझाव आफ्ना लागि सदैव स्वीकार्य हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?