+
+

अमेरिकामा मनाइयो इन्द्रजात्रा (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते ११:२०

वाशिङ्गटन डिसी । अमेरिकाको मेरिल्याण्डमा पनि इन्द्रजात्रा मनाइएको छ । नेवा अर्गनाइजेसन्स अफ अमेरिकाले मेरिल्याण्ड राज्यको ब्ल्याकहिल रिजनल पार्कमा १२औं इन्द्रजात्रा समारोह आयोजना गरेको हो ।

सो अवसरमा सो संस्थाका अध्यक्ष महिन्द्रमान श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै इन्द्रजात्राको महत्ववारे प्रकाश पारेका थिए ।

सो समारोहलाई मेरिल्याण्ड डिस्ट्रिक्ट-१६ का प्रतिनिधि सराह एस. ओलेक, डिस्ट्रिक्ट-४९का प्रतिनिधि विलियम ग्रेगोरी विल्म्स, मेरिल्याण्ड राज्यका गभर्नरका निर्देशक क्रिष्टिना पोय, मेरिल्याण्ड राज्यसभाका सदस्य ह्यारी भण्डारी लगायत अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

डिसी, मेरिल्याण्ड र भर्जिनियाका नेपालीहरुको उपस्थितिमा इन्द्र जात्राको गीति नाटक तथा लाखे नाच प्रस्तुत गरिएको थियो । तत्पश्चात् पुलुकीसी प्रदर्शन गरिएको थियो र कुमारीको रथयात्रा गरी समारोह समापन भएको थियो ।

सो समारोहमा उपस्थित सबैलाई समयबजी (नेवारी खाना) निःशुल्क व्यवस्था गरिएको थियो ।

सबै फोटो : गोबिन्द गिरी प्रेरणा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?