+
+

न्यूयोर्कमा ओली-मोदी भेटवार्ता तय

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते ११:३३

६ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पक्का भएको छ । स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।

मोदी बसेको होटलमा पुगेर ओलीले करिब आधा घण्टा भेटवार्ता गर्ने तय भएको छ । यो भेट तय गर्नका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवासहित परराष्ट्र मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधिसमेत सक्रिय थिए ।

ओली प्रधानमन्त्री भएपछि मोदीसँग हुन लागेको यो भेटलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ ।

यसअघि भदौ तेस्रो साता बिम्स्टेक शिखर सम्मेलनको क्रममा ओलीले मोदीसँग भेट्ने तयारी गरे पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?