+
+

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते ११:३६

६ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ ।

३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए तर आइतबार भने बजेट बहुमतले पारित भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?