+

बंगलादेशमाथि भारतको सानदार जित

२०८१ असोज  ६ गते १२:१७ २०८१ असोज ६ गते १२:१७
बंगलादेशमाथि भारतको सानदार जित

६ असोज, काठमाडौं । भारतले पहिलो टेस्ट खेलमा बंगलादेशमाथि २८० रनको सानदार जित हात पारेकोछ । यो जितसँगै दुई खेलको सिरिजमा भारत १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट शुक्रबारदेखि कानपुरमा सुरु हुनेछ ।

५१५ रनको लक्ष्य पछ्याएको बंगलादेश २३४ रनमा अल आउट भयो । बंगलादेशले चौथो दिन १९४-४ को अवस्थाबाट दोस्रो इनिङलाई निरन्तरता दिएको थियो । ४० रन जोड्न ६ विकेट गुमाउँदै फराकिलो अन्तरले हार्न पुग्यो ।

बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोले १२७ बलमा ८ चौका र ३ छक्कासहित ८२, शादमान इस्लाम ३५, जकिर हसन ३३ र सकिब अल हसन २५ रन बनाए । भारतका रवीचन्द्रन आश्विनले ६ र रविन्द्र जडेजाले ३ विकेट लिए ।

भारतले दोस्रो इनिङ २८७-४ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । शुभमन गिलले १७६ बलमा १० चौका र ४ छक्कासहित ११९ रनको अविजित इनिङ खेले । ऋषभ पन्तले १२८ बलमा १३ चौका र ४ छक्कासहित १०९ रनमा आउट भए ।

यशस्वी जैसवाल १०, रोहित शर्मा ५ र विराट कोहली १७ रनमा आउट भए । बंगलादेशका मेहेदी हसन मिराजले २ र तस्किन अहमद र नहिद रानाले १-१ विकेट लिए ।

बंगलादेश पहिलो इनिङमा १४९ रनमा अल आउट हुँदै २२७ रनले पछि परेको थियो । बंगलादेशका सकिबले सर्वाधिक ३२ रन जोडे । भारतका जस्प्रित बुमराह ४, मोहम्मद शिराज, आकाश दीप र रवीन्द्र जडेजाले २-२ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा ३७६ रनमा अलआउट भएको थियो । रवीचन्द्रन आश्विनले ११३ र रवीन्द्र जडेजाले ८६ रनको इनिङ खेले । बंगलादेशका हसन मोहम्मद ५ र तस्किन अहमदले ३ विकेट लिए ।

टेस्ट क्रिकेट बंगलादेश भारत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय