+
+

आमा बन्न संघर्ष गरेकी महिलाको कथा देखाउने ‘अगम’ मण्डलामा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १२:२१

काठमाडौं । यतिबेला नाटक ‘अगम’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको संघर्षको कथावस्तुमा यो नाटक आधारित छ ।

महिलाको आँखाबाट भनिएको कथाले उनीहरुको पीडामा केही हदसम्म मल्हम लगाउन सकिन्छ कि भन्ने नाटक तयार पारिएको लेखक तथा निर्देशक प्रितिशा अधिकारीले बताइन् ।

मण्डलामा एक सातादेखि यो नाटक मञ्चन भइरहेको हो । ‘नाटकमा आशा, निराशाका कथा छन्, जसले हाम्रो समाजमा महिलामाथि हुने अनेकन अत्याचारका मुद्दाको झलक दिन्छ । जुन सामान्यतया लुकाइन्छ र बेवास्ता गरिन्छ’ निर्देशक अधिकारीले भनिन् ।

नाटकले दर्शकलाई एउटा आदिम समाजमा लैजान्छ, जहाँ महिलाको मूल्यमान्यता र बच्चा जन्माउने क्षमतालाई गहिरो रूपले देखाउन खोजेको देखिन्छ । एक महिला पात्रमार्फत नाटकले पीडादायी यात्राको वर्णन गरेको छ, जसको जीवन बारम्बारको गर्भपतन र अपमानले कष्टकर बनिरहेको छ ।

एउटी महिला आमा बन्न नसकेपछि परिवार र समाजको दबाब कुन स्तरको हुन्छ र महिलाको मानसिक अवस्था कस्तो हुन्छ भन्ने कुरालाई नाटकमा देखाउन खोजिएको छ । मानसिक आवेगले कसरी एउटी महिला आपराधिक घटनातर्फ होमिन्छिन् भन्ने पाटोलाई पनि नाटकभित्र उजागर गर्न खोजिएको छ ।

नाटकमा सुस्मा निरौला, उमेश सुनाम, दीपेश काफ्ले, सोनिका शाही ठकुरी, स्वर्णिम चाम्लिङ, सनम श्रेष्ठ, सुस्मा लामा, रोशन, बसु बराल लगायतको अभिनय छ । सहायक निर्देशकमा रोशन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?