+
+

नेपाल पे क्यूआरको ‘शुभलाभ अफर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १३:०७

काठमाडौं । दशैं र तिहारको अवसरमा नेपाल पे क्यूआरले ‘शुभलाभ’ अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले स्योरसट क्यासब्याक पाउेछन् ।

साथै जति धेरै क्यूआर कारोबार गरे त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।

अफर अवधिभरि न्यूनतम २ सय रुपैयाँ वा सोभन्दा बढीको न्यूनतम १० वटा वा सोभन्दा बढी कारोबार गर्ने ग्राहकले २ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । साथै लक्की ड्रका लागि पनि योग्य हुनेछन् ।

लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरू जस्तै :– टीभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेब ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोन रहेका छन् ।

ग्राहकले मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएस एपबाट सजिलै नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागु हुने छ भने गेटवे भुक्तानीमा भने लागु हुनेछैन ।

यो अफर ५ असोजदेखि ३० कात्तिकसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?