+
+

गुटेरेससँग ओलीको प्रतिबद्धता : संक्रमणकालीन न्यायसम्बन्धी ऐनको सहज कार्यान्वयन गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १३:०५

६ असोज, काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान अमेरिका स्थित संयुक्त राष्ट्रसंघीय नियोग नेपालको कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायका समस्यालाई सदाका लागि समाधान गर्न ऐनलाई सहज रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले महासचिव गुटेरेसको हालैको नेपाल भ्रमण र संसदमा सम्बोधनको स्मरण गरे । उनले नेपालले पीडित केन्द्रित दृष्टिकोण, सर्वोच्च अदालतको निर्देशन र अन्तर्राष्ट्रिय मान्यताका आधारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन लागू गरेको सहर्ष जानकारी गराएको नियोगले जनाएको छ ।

ओलीले महासचिव गुटेरसलाई न्यानो स्वागत र प्रशंसाका लागि धन्यवाद दिएको नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटमा महासचिवले हरितगृह ग्यास उत्सर्जनमा व्यापक कमी ल्याउने र नेपालजस्ता पहाडी मुलुकको जोखिमलाई सम्बोधन गर्नेलगायत जलवायु परिवर्तनको एजेन्डा संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेको बताए । उनले न्यूनीकरण र अनुकूलन दुवैतर्फ केन्द्रित हुन अल्पविकसित मुलुकलगायत विकासोन्मुख मुलुकका लागि जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिए । 

महासचिवले विकासोन्मुख देशहरूलाई आर्थिक सहयोग बढाउन र विकास कोषमा सरल पहुँचका लागि अन्तर्राष्ट्रिय वित्तीय संरचनाको गहिरो सुधारमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?