+
+

‘आँखा’ ट्रेलर : काठमाडौंको नदी किनारका सुकुम्बासीको संघर्षको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १३:३८

काठमाडौं । जौन योञ्जन निर्देशित फिल्म ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट ३४ सेकेण्ड लामो ट्रेलरले काठमाडौंको नदी किनारमा बसोबास गर्ने सुकुम्बासीको सुखदुःख र संघर्षको कथा भन्छ ।

ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र द्वन्द्वबारे प्रकाश पार्छ । अपहेलित बनाइएका पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्षको कथामा फिल्म बनेको छ ।

फिल्मको शीर्ष भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन् । फिल्ममा दुई पात्रले दम्पतीको भूमिका निर्वाह गरेका छन् । निशा अधिकारी, पशुपति राई, बुद्धि तामाङ, विजय बराल, प्रवीण खतिवडा, राजन खतिवडा, अभय बराल, सरोज खनाल, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन लगायत कलाकारको अभिनय छ ।

यो फिल्ममा ‘गाउँ आएको बाटो’बाट चर्चामा आएका बालकलाकार प्रसन राई समेत छन् । ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?