+
+

‘शाम्बाला’लाई मनोज बाजपेयीको बधाई सन्देश : ‘अझै ऊर्जा मिलोस्’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १३:४७

काठमाडौं । बलिउड अभिनेता मनोज बाजपेयीले प्रदर्शनरत् नेपाली फिल्म ‘शाम्बाला’लाई बधाई तथा शुभकामना दिएका छन् । अभिनेता कार्मलाई सन्देश पठाउँदै उनले सुन्दर र असल फिल्म बनाउन अझै धेरै ऊर्जा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

कार्मले इन्स्टाग्राममा बाजपेयीसँगको फोटो सेयर गर्दै सकारात्मक ऊर्जा र राम्रो भावसहितको सन्देश पठाएको उल्लेख गरेका छन् । यो फोटो भने बर्लिन फेस्टिभलको क्रममा खिचिएको हो ।

‘उहाँले बर्लिनमै हाम्रो फिल्म हेर्न खोजिरहनुभएको थियो । त्यतिबेला उहाँको फिल्म पनि अर्कै सेक्सनमा थियो’ कार्मले अनलाइनखबरसँग भने, ‘नेपाली फिल्म बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट भएकोमा आश्चर्यचकित हुनुहुन्थ्यो । त्यतिबेला पनि बाजेपयीले फिल्म हेर्ने चाहना व्यक्त गर्नुभएको थियो ।’

कार्मले बाजपेयीसँग बेला-बेलामा आफ्नो कुराकानी हुने गरेको बताउने गरेका छन् । मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ अहिले हलमा प्रदर्शनरत् छ । फिल्मले अहिलेसम्म डेढ करोड भन्दा बढी कमाइ गरेको जनाइएको छ ।

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपले नेपालमा आयोजित प्रिमियर समारोहमै यो फिल्म हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?