+
+

ट्रेन्डिङमा आउन थाले दशैंका गीत, सुगम पोखरेलले एल्बम ‘नवमी’ ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १३:५७

काठमाडौं । दशैं आउन अब दुई साताभन्दा कम समय बाँकी छ । दशैं नजिकिएसँगै युट्युबमा पनि क्रमशः दशैंका गीत ट्रेन्डिङमा आउन थालेका छन् । कलाकारले दशैं गीत पनि ल्याउन थालेका छन् ।

हेमन्त शर्माको दशैं गीत रिलिजको चार दिनमै युट्युबमा नेपाल ट्रेन्डिङको तेस्रो स्थानमा छ । हेमन्तकै शब्द तथा संगीत रहेको गीतमा मेलिना राईले उनलाई गायनमा साथ दिएकी छन् ।

पुरुषोत्तम पौडेल र सुनिता बुढा क्षेत्रीको स्वरमा दशैं गीत ‘आयो है दशैं आयो’ रिलिज भएको छ । यो गीत युट्युब ट्रेन्डिङको सातौं नम्बरमा छ । यो गीतमा शिव पौडेल र नेत्र काफ्लेको शब्द तथा पुरुषोत्तमकै संगीत छ ।

गायक सुगम पोखरेलले दशैं छेकोमा नयाँ एल्बम ‘नवमी’ ल्याउने भएका छन् । २०५९ सालमा पहिलो एल्बम ‘शून्य’ ल्याएका उनले लामो समयपछि सांगीतिक एल्बम रिलिज गर्न लागेका हुन् ।

सुगमको स्वरमा रहेको गीत ‘दशैंतिहार’ चाडपर्वमा निकै गुञ्जिने गीतमध्ये पर्छ । आफ्नै संगीतमा ६ वर्षअघि उनले ल्याएको यो गीत दशैंमा बढी सुनिने गीतमध्ये पर्छ ।

दशैंमा गायिका विष्णु माझी पनि दशैं गीत ल्याउने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?