
६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा लगातार तरलता प्रशोचन गरिरहेको केन्द्रीय बैंकले आइतबार थप ३० अर्ब प्रशोचन गर्न लागेको हो ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि उक्त तरलता प्रशोचन हुने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी २० असोजमा हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल पेस गर्नुपर्ने छ ।
२ खर्ब ७६ अर्ब ९५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको बक्यौता छ । जसमध्ये २ खर्ब २९ अर्ब ४० करोड निक्षेप संकलन उपकरण नहुँदै थप ३० अर्ब बोलकबोल गर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4