+
+

बागमतीको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, राप्रपा पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १४:५२

६ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले सरकार गठन भएको झन्डै दुई महिनापछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सभा भवनमा मुख्यमन्त्री बहादुरसिं लामा, सतारुढ दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री जगन्नाथ थपलियाको हस्ताक्षरमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको हो ।

६७ बुँदे न्यूनतम साझा कार्यक्रममा संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइने, ३ वर्ष मुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार गर्ने नीति लिइने लगायत विषय समेटिएका छन् ।

बागमतीमा योजना बैंक यसअघि नै स्थापना भइसकेको छ ।

मुख्यमन्त्री लामाले आगामी बजेटका लागि योजना बैंकलाई सक्रिय बनाउने योजनाअनुसार कार्यक्रममा राखिएको बताए ।

कार्यक्रममा विपक्षी दल राप्रपा संसदीय दलका नेता उद्धव थापाको पनि उपस्थिति थियो । संसदीय अभ्यासअनुसार नै न्यूनतम साझा कार्यक्रममा आफू उपस्थित भएको उनले बताए ।

बागमती सरकारले न्यूनतम साझा कार्यक्रम ढिला ल्याएको भन्दै दिनरात काम गरेर जनताका चाहना पूरा गर्न सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?