+
+

बैंकिङले बढायो सेयर बजार, घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १५:११

६ असोज, काठमाडौं । आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ । यस दिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो ।

बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन । बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ : २७ बजे  २५७० अंकसम्म झरेको थियो । त्यसपछि बजार केही सम्हालियो ।

१३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । बजार पूँजीकरणका आधारमा यो समूह सबैभन्दा शक्तिशाली रहेकाले यसले समग्र परिसूचकलाई बढी प्रभाव पार्दछ ।

विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ०.२४, निर्जीवन बीमा ०.४७, अन्य ०.४१ र व्यापार ०.०७ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.१८, उत्पादन ०.१९, होटल तथा पर्यटन ०.६१ र फाइनान्स समूह ०.१७ प्रतिशत घटे ।

इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त तथा अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सयपत्रि हाइड्रोपावरको ८.३, स्टान्डर्ड चार्टड बैंकको ३.९७, मध्यभोटेकोशीको ३.८ प्रतिशत मूल्य बढ्यो । रावा इनर्जीको मूल्य ८.६ प्रतिशत घट्यो । स्वरोजगार लघुवित्तको ७.४ तथा साहस ऊर्जाको ४.२ प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?