+
+

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १६:४२

६ असोज, काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।

गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

यसअघि सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने पाँच आधार प्रस्तुत गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?