+
+

दुर्गा प्रसाईं पक्राउ गर्दा अवरोध गर्ने एकजना प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १८:५१

६ असोज, काठमाडौं ।  दुर्गा प्रसाईंलाई पक्राउ गर्ने बेला बाधा अवरोध गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति झापाकै ३८ वर्षीय पदम श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए ।

प्रसाईं पक्राउ गर्ने बेलामा राष्ट्र सेवक कर्मचारीलाई बाधा अवरोध गरेको कसुरमा उनीविरुद्ध म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रसाईलाई साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोलीले आइतबार मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध रास्वपाकी एक नेतृले साइबर कसुरमा उजुरी दिएपछि प्रसाईं पक्राउ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?