+
+

कुमारी बैंकले पायो एकसाथ दुई अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २०:११

काठमाडौं । कुमारी बैंकले एकसाथ दुई अवार्ड प्राप्त गरेको छ ।

भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा बैंकले ती दुई अवार्ड प्राप्त गरेको हो ।

बैंकले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्ड पाएको हो ।

स्थापनादेखि बैंकिङ सेवा–सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै आएको बैंकले आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि डिजिटल क्षमता सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

कुमारी बैंकका हाल ३ सय २ शाखा, ३ सय १८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?