+
+

युट्युवको ग्लोबल ट्रेन्डिङमा नेपाली फिल्मको गीत ‘रुकुम मैकोट’ पनि

ग्लोबल ट्रेन्डिङको ८२ औं स्थानमा उक्लियो ‘कश्मिरे पछ्यौरी’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २०:३६

काठमाडौं । नेपाली फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । युट्युवको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’मा यो गीत ७३ औं स्थानमा छ ।

युट्युवले यो सूची आइतबार अपडेट गरेको हो । ‘कश्मिरे पछ्यौरी’पछि ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङ पर्ने दोस्रो नेपाली गीत हो । ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली फिल्मको पहिलो गीत हो ।

युट्युवले पछिल्लो साता विश्वभर आफ्नो प्लाटफर्ममा धेरै ट्रेन्डिङ हुने सांगीतिक भिडियोको सूची अपडेट गरेको हो । अगस्ट २५ मा केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलमा रिलिज भएको यो गीत युट्युवको नेपाल ट्रेन्डिङमा संगीत खण्डतर्फ शीर्षस्थानमा छ ।

एसडी योगीद्वारा संगीतबद्ध गीत गतसातादेखि नेपाली हलमा रिलिज भएको फिल्म ‘खुस्मा’मा समावेश छ । लोकलय र मनछुने शब्दको कारण यो गीत टिकटकमा पनि भाइरल बनिरहेको छ । धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड भिडियोलाई अहिलेसम्म १ करोड ३७ लाख पटक हेरिएको छ ।

ग्लोबल ट्रेन्डिङको ८२ औं स्थानमा उक्लियो ‘कश्मिरे पछ्यौरी’

युट्युवले आइतबार अपडेट गरेको सूचीमा ‘कश्मिरे पछ्यौरी’ ८२ औं स्थानमा स्ट्रिमिङ भैरहेको छ । यो गीत पनि यतिबेला टिकटकमा निकै भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?