+
+

क्यानडाविरुद्ध नेपालको कमजोर सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २१:३१

६ असोज, काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध कमजोर सुरुवात गरेको छ । किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै २० रन बनाएकोछ ।

रोहित पौडेल र आरिफ शेख क्रिजमा छन् । नेपालले ओपनर आसिफ शेखलाई २ रनमा गुमाएको थियो । बायाँ हाते बलर कलिम सानाको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेखको ब्याटमा एज लाग्दै बल स्टम्पमा लागेपछि उनी बोल्ड हुन पुगेका थिए ।

सानाको सातौं ओभरको अन्तिम बलमा भीम सार्की ४ रनमा विकेटपिकर श्रेयस मोभ्भाबाट क्याच आउट हुन पुगे । सानाको बाउन्सर बलमा भीम एज लागेर आउट भएका थिए ।

डिलोन हेलिगरको आठौं ओभरको पाँचौं बलमा अर्जुन साउद बल रोक्न खोजे पनि एज लागेर सेकेण्ड स्लिपमा साद बिन जाफरबाट १० रनमा क्याच भएपछि नेपाल २०-३ को अवस्थामा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?