+

रोहित र अनिल आउट भएसँगै संकटमा नेपाल

२०८१ असोज  ६ गते २१:५५ २०८१ असोज ६ गते २१:५५
रोहित र अनिल आउट भएसँगै संकटमा नेपाल

६ असोज, काठमाडौं – कप्तान रोहित पौडेल रन आउट र अनिल शाह क्याच भएसँगै नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध सुरुवातमै संकटमा परेकोछ । किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १२ ओभरमा ५ विकेट गुमाउँदै ३६ रन बनाएको छ ।

रोहित ११ औं ओभरको दोस्रो बलमा ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए । मिडअनमा सट खेल्दै एक रनका लागि दौडिए पनि ननस्टाइकमा आरिफ शेख थोरै अघि बढेर फर्केपछि दुबै ब्याटर एउटै एण्डमा भएका थिए । जसको कारण विकेटकिपर श्रेयस मोभ्भाले रन आउट गरेका थिए ।

अनिल साह प्रविन कुमारको १२ औं ओभरको अन्तिम बलमा हर्ष ठाकेरबाट १ रनमा क्याच आउट भएपछि नेपाल ३६-५ को अवस्थामा पुगेको छ ।

त्यसअघि नेपालका शीर्ष तीन ब्याटरले राम्रो गर्न सकेनन् । ओपनर आसिफ शेख २, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए ।

बायाँ हाते बलर कलिम सानाको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेखको ब्याटमा एज लाग्दै बल स्टम्पमा लागेपछि उनी बोल्ड हुन पुगेका थिए ।

सानाको सातौं ओभरको अन्तिम बलमा भीम सार्की ४ रनमा विकेटपिकर श्रेयस मोभ्भाबाट क्याच आउट हुन पुगे । सानाको बाउन्सर बलमा भीम एज लागेर आउट भएका थिए ।

डिलोन हेलिगरको आठौं ओभरको पाँचौं बलमा अर्जुन साउद बल रोक्न खोजे पनि एज लागेर सेकेण्ड स्लिपमा साद बिन जाफरबाट १० रनमा क्याच भए।

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय