+
+

आरिफ आउट, गुलशनलाई जीवनदान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २२:५०

६ असोज, काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडाविरुद्ध खराब ब्याटिङलाई निरन्तरता दिएकोछ । किंग सिटीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २४ ओभरमा ७४-६ को दयनीय अवस्थामा छ । गुलशन झा ४६ बलमा २ चौका र १ छक्कासहित २४ र उनलाई सोमपाल कामीले साथ दिएका छन् ।

गुलशन झाले १० रनमा जीवनदान पाएका थिए । कलिम सानाको १९ औं ओभरको पाँचौं बलमा फस्टस्लिपमा अरोन जोनसनले १० रनमा क्याच छाड्न पुगेका थिए ।

आरिफ शेख २३ औं ओभरको दोस्रो बलमा ३३ बल खेल्दै १० रनमा क्याच आउट भए । एक समय १२ ओभरमा ३६-५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि गुलशन र आरिफले ३४ रनको साझेदारी गरेका थिए ।

कमिल सानाको बलमा आरिफले प्वाइन्टमा निकोलस किर्तोनलाई क्याच दिए । त्यसअघि अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४-४ रनमा आउट भएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?