+

हर्षको बलमा निराश गुलशन

२०८१ असोज  ६ गते २३:१० २०८१ असोज ६ गते २३:१०
हर्षको बलमा निराश गुलशन

६ असोज, काठमाडौं – नेपालका अलराउण्डर गुलशन झा आईसीसी विश्वकप लिग-२ मा क्यानडाविरुद्ध आउट भएका छन् । स्पिनर हर्ष ठाकेरको २८ औं ओभरको पहिलो बलमा गुलशन ३४ रनमा फस्टस्लिपमा नवनीत धालिवालबाट क्याच आउट भए । उनले ५६ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि कलिम सानाको १९ औं ओभरको पाँचौं बलमा फस्टस्लिपमा अरोन जोनसनले गुलशनको १० रनमा क्याच छाड्न पुगेका थिए ।

किंग सिटीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल २८ ओभरमा ८८-७ को अवस्थामा छ । सन्दीप लामिछाने १ र सोमपाल कामी २ रनमा क्रिजमा छन् ।

एक समय १२ ओभरमा ३६-५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि गुलशन र आरिफले ३४ रनको साझेदारी गरेका थिए ।

आरिफ शेख २३ औं ओभरको दोस्रो बलमा ३३ बल खेल्दै १० रनमा क्याच आउट भएका थिए । त्यसअघि अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४-४ रनमा आउट भएका थिए ।

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय