+
+

मोदीजीले चाँडै नेपाल आउँछु भन्नुभएको छ : परराष्ट्रमन्त्री राणा

नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर कतिपय समस्या समाधान गर्ने सहमति पनि सो भेटमा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते ५:३०

७ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन् ।

ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, ‘एकदमै साैहार्द वातावरणमा कुराकानी भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका बेला आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफलमा भएको थियो ।

प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल एक्स (साविकको ट्वीटर)मार्फत् भेटवार्ता फलदायी भएको र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जानकारी दिएका छन् ।

भेटमा सहभागी परराष्ट्र मन्त्री राणाका अनुसार नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर कतिपय समस्या समाधान गर्ने सहमति पनि सो भेटमा भएको छ ।

भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय विदेश सचिव विक्रम मिस्री पनि सहभागी थिए ।

यसैगरी नेपालको तर्फबाट प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा लगायत पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?