+

लेवान्डोस्की र राफिन्हाको २ गोलमा बार्सिलोनाको सहज जित

२०८१ असोज  ७ गते ७:५२ २०८१ असोज ७ गते ७:५२
लेवान्डोस्की र राफिन्हाको २ गोलमा बार्सिलोनाको सहज जित

७ असोज, काठमाडौं । रोवर्ट लेवान्डोस्की र राफिन्हाले दुई/दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा भियारियाललाई ५-१ ले पराजित गरेको छ ।

पेनाल्टीमा गोल गर्न चुक्दा लेवान्डोस्की ह्याट्रिक गर्नबाट भने चुके । ला लिगामा बार्सिलोनाको यो लगातार छैटौं जित हो ।

भियारियालको मैदानमा भएको खेलमा लेवान्डोस्कीले खेलको २०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

३८औं मिनेटमा भियारियालका आयोज पेरेजले गोल गर्द गोल अन्तर कम गर्ने प्रयसा गरेका थिए । तर, दोस्रो हाफमा बार्सिलोनाले तीन गोल थप्यो । ५८औं मिनेटमा पाउ टोरेसले गोल गरेपछि बार्सिलोनाले ३-१ को अग्रता बनायो । त्यसपछि राफिन्हाले ७४औं र  ८३औं मिनेटमा गोल गरे ।

लेवान्डोस्कीले ६७औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

लगातार छैटौं जितपछि बार्सिलोना ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा आसिन छ । भियारियल समान खेलबाट ११ अंकसहित पाँचौ स्थानमा छ ।

बार्सिलोना राफिन्हाको लेवान्डोस्की स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय