+

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

२०८१ असोज  ७ गते ८:४२ २०८१ असोज ७ गते ८:४२
साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

७ असोज, काठमाडौं । भुटानमा भइरहेको साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले श्रीलंकालाई हराउनैपर्ने बाध्यता छ ।

श्रीलंकाको लागि पनि आजको खेल जित्नैपर्ने अवस्था छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।

नेपाली फुटबल साफ यु-१७ साफ यु-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय