+

एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

२०८१ असोज  ७ गते ८:५३ २०८१ असोज ७ गते ८:५३
एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

७ असोज, काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली चाइनिज ताइपेइको सामना गर्दैछ ।

समूह बी मा रहेको नेपाल र चाइनिज ताइपेइबीचको खेल नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटी स्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।

पहिलो खेलमा पराजित भएका नेपाल र चाइनिज ताइपेइ दुवै पहिलो जितको खोजीमा छन् ।

पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । यस्तै घरेलु टोली चाइनिज ताइपेइ बहराइनसँग १-० ले पराजित भएको थियो ।

छनोट चरण पार गर्ने लक्ष्य राखेको नेपालको लागि पहिलो खेलमा पराजित भएपछि चुनौती थपिएको छ । नेपालले बलियो टोलीहरुसँग खेल्न बाँकी नै छ ।

एएफसी यु-२० एसियन कप छनोट नेपाली फुटब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय