+
+

काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १३:४७

७ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् । उनले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।

‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो । टिमवर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’ सो क्रममा उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने पनि बताए ।

कार्यालय प्रमुहरुले भइरहेका कामको प्रगती विवरणबारे जानकारी गराउँदै काममा भोग्नुपरेका चुनौति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभाग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, स्थानीय पूर्वाधार विभाग, राष्ट्रिय आवास कम्पनी लिमिटेड, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन लगायतका मन्त्रालय मातहतका विभागका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?