+
+

‘खुस्मा’को प्रदर्शन सुखद्, पूर्वउपराष्ट्रपति र उपसभामुखले हेरे फिल्म (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १२:५९

काठमाडौं । धीरज मगर र उपासना सिंह स्टारर फिल्म ‘खुस्मा’ले यतिबेला हलमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले पहिलो सप्ताहन्त दुई करोड रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माताले जनाएका छन् ।

काठमाडौं उपत्यकासहित पोखरा, नारायणगढ, बुटवलका साथै पूर्वी नेपालका सहरमा समेत फिल्मको कलेक्सन उच्च छ । विशेषगरी पोखरेली मल्टिप्लेक्समा बिहानदेखि बेलुकासम्म पहिलो सप्ताहन्त दर्शकको उपस्थिति बलियो देखियो ।

एकातिर गीत हिट हुनु र अर्कोतिर ‘वर्ड अफ माउथ’ सकारात्मक आउँदाको फाइदा फिल्मले उठायो । यसै क्रममा अशोक थापा निर्देशित फिल्मले आइतबार बेलुका काठमाडौंको नयाँ बानेश्वरस्थित वान सिनेमाजमा विशेष शोको आयोजना गरेको थियो ।

अभिनेत्री निरुता सिंह पनि समारोहमा पुगेकी थिइन् । प्रिमियरमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उपसभामुख इन्दिरा रानाले फिल्म हेरे । मगर समुदायको कथावस्तु र त्यसमा पनि माओवादी सशस्त्र द्वन्द्वको परिवेश चित्रण गरिएकाले यो फिल्म हेर्न मगर र गुरुङ समुदायका दर्शकको उपस्थिति धेरै छ ।

यो फिल्मको गीत ‘रुकुम मैकोट’ म्युजिक भिडियोतर्फ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?