+
+

मिसेस मंगोल नेपालको उपाधि गोरखाकी प्रतिभा पुलामीलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १३:२६

काठमाडौ । मिसेस मंगोल नेपाल-२०२४ को उपाधि प्रतिभा पुलामी मगरले जितेकी छन् । मंगोलियन समुदायका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको फिनाले आइतबार आयोजना गरिएको थियो ।

ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा पुलामीले ताज पहिरिइन् । ताजसँगै उनले सन् २०२५ मा जापानमा हुने इन्टरनेसनल नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा सहभागिता जनाउनेछिन् ।

सञ्जु मगर फस्ट रनरअप र दीपा सिगु लिम्बू सेकेण्ड रनरअप बने । मौलिक पहिचानको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले एक दशकदेखि हिमालयन मुभिजले कार्यक्रम गर्दै आएको छ ।

फिनालेमा फाइनलिस्टले आ–आफ्नो मातृभाषामा परिचय दिएका थिए । हिमानी सुब्बाको कोरियोग्राफीमा प्रतिस्पर्धीले आ–आफ्नो समाज दर्शाउने मौलिक नृत्य समेत प्रस्तुत गरे ।

कार्यक्रममा प्रतिभाले मस्ट एट्राक्टिभ, फस्ट रनरअप सञ्जुले बेस्ट ट्यालेन्ट, सेकेण्ड रनरअप दीपाले बेस्ट फोटोजेनिक, भुमा तामाङले बेस्ट ड्रेस र मस्ट ग्रेसफुल, संगीता गुरुङले मस्ट प्यासनेट, पपुलर र पब्लिक भिडियो च्वाइस सहविधा जिते ।

सरिता तामाङ मस्ट इलिगेन्ट, आस्मति साम्सुहाङ लिम्बू मस्ट स्मार्ट, रत्नमाया श्रेष्ठ बेस्ट डिसिप्लेन, मञ्जिला राई मस्ट चार्मिङ, सलिना श्रेष्ठ मस्ट डिलिजेन्ट, दुर्गा लिम्बू मस्ट डेडिकेट, विना राना मगर मोस्ट कन्फिडेन्ट र जुनु तामाङ मस्ट डिसेन्ट हुन सफल भएका छन् ।

निर्णायक मण्डलमा कलाकार सीमान्त उदास, मोडल क्रिस गुरुङ, ब्युटिसियन नेपाल २०२४ की विजेता सिर्जना  गुरुङ, मिसेस ग्लोबल नेपाल २०२४ की विजेता सुनिता भुजेल र फेसन डिजाइनर सुक्निता चौलागाईं सुनुवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?