+
+

टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १३:५९

७ असोज, काठमाडौं । टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् ।

उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?