+
+

भारतले ‘लापता लेडिज’लाई अस्करमा पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १४:०८

काठमाडौ । किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ले यस वर्षको अस्कर अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । द फिल्म फेड्रेसन अफ इण्डियाले यो फिल्मलाई अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको प्रतिस्पर्धामा सिफारिस गरिएको जनाएको छ ।

सरकारले ‘लापता लेडिज’लाई अस्करमा मुलुकको तर्फबाट औपचारिकरुपमा सिफारिस गरेको हो । सिफारिस हुने प्रतिस्पर्धा सूचीमा प्रभासको ‘कल्की’, रणवीर कपुरको ‘एनिमल’, कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’, राजकुमार रावको ‘श्रीकान्त’ र विक्की कौशलको ‘सामबहादुर’ पनि थिए ।

राष्ट्रिय फिल्म पुरस्कार जितेको मलायलम फिल्म ‘आतम’ र कान्स फेस्टिभल विजेता ‘अल वी इम्याजिन एज लाइट’सहित २९ फिल्म प्रतिस्पर्धामा थिए ।

नवविवाहित दुलहीहरुको कथावस्तुमा बनेको फिल्म ‘लापता लेडिज’ले पितृसत्तालाई व्यंग्य गर्छ । पूर्वपत्नी रावसँग मिलेर अभिनेता आमिर खानले यो फिल्मको सहनिर्माण गरेका हुन् ।

नेटफ्लिक्समा रिलिज भइसकेको यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ । सन् २०१० को फिल्म ‘धोबीघाट’पछि किरण रावको यो अर्को निर्देशकीय फिचर हो । यो फिल्म टोरन्टोमा वर्ल्ड प्रिमियर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?