+
+

पर्यटन बोर्डले अब नयाँ पुस्तासँग मासिक अन्तर्क्रिया गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १५:०७

७ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले अब नयाँ पुस्तासँग नियमित अन्तर्क्रिया गर्ने भएको छ ।

बोर्डले पर्यटन व्यवसायीको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले यस्तो शृङ्खला प्रारम्भ गरेको बोर्डले जनाएको छ ।

बोर्डले यस मासिक शृङ्खलाको पहिलो कार्यक्रम आइतबार आयोजना गरेको छ ।

सोमबार ‘इम्पावरिङ फ्युचर टुरिजम लिडर : सेयरिङ नलेज एन्ड ग्रोथ’ शीर्षकमा कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा बोर्डका सीइओ दीपकराज जोशीले अहिले पर्यटनको प्रवृत्ति ‘एक्सपेरियन्स ट्राभल’ भएको बताए ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले विद्यार्थीलाई जागिरे बन्नुभन्दा उद्यमी बन्न जोड गर्ने उद्देश्य रहेको बताए ।

कार्यक्रममा शुभश्री कलेज अफ म्यानेजमेन्ट अन्तर्गत व्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थी सहभागी थिए ।

यस कार्यक्रममा सहभागी हुन कलेज र शैक्षिक संस्थाले बोर्डमा सम्पर्क गर्ने सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?