+

चितवन शक्तिको ट्यालेन्ट हन्टबाट छानिइन् नितीशा

२०८१ असोज  ७ गते १५:१३ २०८१ असोज ७ गते १५:१३
चितवन शक्तिको ट्यालेन्ट हन्टबाट छानिइन् नितीशा

७ असोज, काठमाडौं । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ ।

चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितीशा महतो विजेता बनेको चितवन शक्तिले जानकारी दिएको छ ।

१७ वर्षीया महतो ५.९ फिट उचाइ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्नेछिन् ।

चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाइ तथा पोजिसनको आधारमा नितीशा छनोट भएकी हुन् ।
एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ । आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम अनुसार उनलाई छनोट गरिएको हो ।

नितीशाको छनोटसँगै चितवनको टिम पूरा भएको छ ।

चितवन शक्तिको टिमः

अरुणा शाही, सुर्या सरसुरी, केपी अनुश्री,अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य,भावना डाँगी र नितीशा महतो ।

 

इडब्लूभीएल एभरेष्ट महिला भलिबल लिग चितवन शक्ति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय