+
+

सुनुवाइ समितिको बैठक स्थगित, प्रस्तावित राजदूत भट्टराईबारे भएन निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १६:२७

७ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिको सोमबार तोकिएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सोमबार श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बोलाइएको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो ।

विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रस्थावित राजदूत भट्टराईको स्नातक तहको शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । नाम स्वीकृत वा अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ ।

सोमबार बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् । समितिको बैठक बस्न १० जना सदस्य अनिवार्य उपस्थित हुनुपर्छ । अब अर्को बैठक मंगलबार बिहान ९ बजे बोलाइएको छ ।

गत बैठकमा समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र मागेको थियो । सरकारले भट्टराईलाई राजदूतमा सिफारिस गरेको मंगलबार ४५ दिन पुग्ने छ ।

संसदीय सुनुवाइ समितिले ४५ दिनसम्म नाम अनुमोदन नगरे नियुक्तिका लागि बाधा नपर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?