+
+

तरुण दलको केन्द्रीय समिति ९७ जनाको हुने गरी विधान संशोधन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १६:३२

७ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरूण दलले विधान संशोधन गरेको छ । विधान मस्यौदा समितिले तयार गरेको विधानलाई ५ र ६ गते बसेको तरुण दलको केन्द्रीय समिति बैठकले पारित गरेको छ ।

संशोधित विधान अनुसार केन्द्रीय समितिको संख्या ९७ जनाको बनाइएको छ । यस अघिको विधानको अनुसार ९५ जना केन्द्रीय सदस्य हुने व्यवस्था थियो ।

उपाध्यक्ष ३, महासचिव २, र सचिव ३ जना हुने गरी विधान बनाइएको छ । अध्यक्षले उपाध्यक्ष, महासचिव, सचिव, उपाध्यक्ष १÷१ गरी चारजना पदाधिकारी मनोनित गर्ने व्यवस्था राखिएको छ । केन्द्रमा १२ वटा विभाग रहने गरी विधान बनाइएको छ ।

तरुण दलको पदावधि तीन वर्ष बनाइएको छ । तीन वर्षभित्र महाधिवेशन गर्न नसकेको अवस्थामा बढीमा 6 महिना बढाउन पाउने गरी विधान संशोधन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?