
काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ कात्तिक २२ गते छठ पर्वमा रिलिज हुने भएको छ । यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ निर्माण गरेको बिन्ध्यबासिनी क्रिएसनको यो पछिल्लो कथानक फिल्म हो ।
निर्माता मनोज अधिकारीले पोस्टर सार्वजनिक गर्दै प्रदर्शनबारे जानकारी दिएका छन् । फिल्मलाई नवीन भट्टले निर्देशन गरेका हुन् । सन्दीप श्रेष्ठसँग मिलेर उनले पटकथा लेखेका छन् ।
पोस्टरमा चारजना पात्रलाई फिचर्ड गरिएको छ । स्कुटर चढेकी युवतीलाई तीन युवाले तानातान गरेको दृश्य पोस्टरमा चित्रण छ । ‘आज साइकल, भोलि फरारी’ स्लोगन पोस्टरमा देखिएको छ ।
फिल्ममा मनोज अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुको अभिनय छ । जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन छ ।
प्रतिक्रिया 4