+
+

जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १७:०१

७ असोज, काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिबाना गरेको छ ।

अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिबाना गरेको हो ।

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १०० रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले रेस्टुरेन्टमा अनुगमन गरेको हो ।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए ।

‘जिम्बु थकाली रेस्टुरेन्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो । के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौं । हामी रेस्टुरेन्टमा आयौं । पानी मागिएको थिएन । पानी ल्याएर दिनुभयो । पानी र खाजा मःमः खायौं । एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ । खुद्रा मूल्यभन्दा दोब्बर शुल्क लिएको पाइयो । बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्छ’, उनले भने ।

रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरूप ३ लाख रुपैयाँ जरिबानासहित सचेत गराएको उनले बताए ।

अंकित मूल्य भन्दा बढी असुलेको भेटिए टोल फ्री नम्बर ११३७ मा फोन गरेर जानकारी दिन विभागले उपभोक्तालाई अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?