+
+

बाइक हाँकेर दिल्लीबाट मुस्ताङ पुगे एमटीभी रोडिजका रणविजय

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १८:०२

काठमाडौं । एमटीभी रोडिजका होस्ट तथा ग्याङ लिडर समेत रहेका रणविजय सिंह यतिबेला नेपालमा छन् । केही समयअघि हिमालय रोडिजको अतिथिको रुपमा नेपाल आएका उनी यसपटक चाहिं आफ्नो ग्याङसहित छन् ।

भारतबाट मोटरसाइकल हाँकेर उनको टिम काठमाडौं हुँदै पोखरा पुगेको छ । त्यहाँबाट हिमालपारिको जिल्ला मुस्ताङ पुग्दैछन् । रणविजयले आफ्ना नेपाली फ्यानलाई इन्स्टाग्राम पोस्टबाट यसबारे सन्देश दिएका छन् ।

एमटीभी रोडिजमा सिजन ८ देखि १८ सम्म उनी ग्याङ लिडरको रुपमा उनी रहे । सुरुमा ग्याङ लिडरको रुपमा रहेका उनले रोडिजमा होस्ट समेत गरे । नेपालमा समेत उनको क्रेज निकै छ ।

‘नेपालमा एक्स पल्स २००४ भिप्रो चढेर मुस्ताङको सवारीमा सामेल हुन पाउँदा हामी उत्साहित छौं । हामी सडक कब्जा गर्दैछौं’ इन्स्टाग्राम भिडियो र तस्वीरसहित उनले पोस्ट गरेका छन् ।

काठमाडौंमा उनको भेट पूर्वमिस नेपाल तथा टेलिभिजन होस्ट माल्भिका सुब्बासँग भयो । भेटबारे माल्भिकाले पनि जानकारी दिएकी छन् । रणविजय टिभी होस्ट मात्र नभएर बलिउड अभिनेता समेत हुन् ।

सन् २००९ को हिन्दी फिल्म ‘टस : अ फ्लिप अफ डेस्टिनी’, लन्डन ड्रिम्स, एक्टिङ रिप्ले र पञ्जाबी फिल्म ‘धर्ती’मा उनले अभिनय गरिसकेका छन् । उनले एमटीभी रोडिज, सार्क ट्यांक, एमटीभी स्प्लिट्स भिल्ला लगायत होस्ट गरेका छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?