+
+

सहजै रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतीय राजदूतलाई कृषिमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १८:१४

७ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री अधिकारीले नेपालमा सहजै रासायनिक मल ल्याउने वातावरण बनाइदिन राजदूत श्रीवास्तवसँग आग्रह गरेका छन् ।

‘रासायनिक मल खरिदमा केही समस्या र चुनौतीहरू आएका छन् । त्यसलाई सरल, सहज र प्रभावकारी बनाउन भारत सरकारबाट आवश्यक पहल गरिदिनुपर्‍यो,’ राजदूत श्रीवास्तवसँग उनले भने ।

मन्त्रालयमा भएको भेटमा दुई अधिकारीले भारत सरकारको कृषि क्षेत्रमा थप सहयोग अपेक्षा राखेको बताए ।

नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गर्दै अधिकारीले भने, ‘यसले दुई देशबीचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।’

सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।

मन्त्री अधिकारीले खोरेत लगायत पन्छीजन्य फ्लुजस्ता रोग रोकथाम तथा कृषि उपज आयात निर्यातका लागि सीमा क्षेत्रमा थप क्वारेनटाइनको व्यवस्था मजबुत बनाउन एकीकृत उपाय अपनाउनु पर्नेमा जोड दिए ।

‘भारतको आधुनिक कृषि प्रविधिहरू विशेष गरी स्मार्ट कृषि र जलवायु प्रतिरोधी प्रविधिहरूमा सहकार्य गर्न नेपाल उत्सुक छ,’ अधिकारीले भने,‘ कृषि क्षेत्रमा युवा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न दुवै देशको सहयोगबाट उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने छ ।’

राजदूत श्रीवास्तवले नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा भारत सरकार सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?