
७ असोज, गुल्मी । गुल्मीमा सुख्खा पहिरोमा परेर गोरु चराउन गएकी महिला बेपत्ता भएका छन् ।
जिल्लाको मालिका गाउँपालिका- २ सिम्ले निवासी ६९ वर्षकी टनी पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।
पुन जुल्सेस्थित मनकामना सामुदायिक वनमा गोरु चराउन गएकी थिइन् । सामुदायिक वनको ६ सय मिटर माथिबाट ठूलो सुख्खा पहिरो आएको थियो । उनी सोही पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरीले दुईवटा गोरु मृत अवस्थामा फेला पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4