+
+

आईएमईको अफरमा प्रमिलाले जितिन १ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १९:०५

काठमाडौं । जापानबाट आईएमई मार्फत रेमिट्यान्स गर्ने सेवाग्राही प्रमिला रोकायाले  १ करोड रुपैयाँ नगद जितेकी छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा ईइएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र छनोट गर्दा रोकाय भाग्यमानी विजेता बनेकी हुन् । रोकायाले जापानको क्योदाइबाट आईएमई मार्फत नेपाल रकम पठाएकी थिइन् ।

आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही रोकायलाई बधाई ज्ञापन गर्दै आईएमई प्रति सेवाग्राहीहरूले गरेको विश्वास प्रति धन्यवाद दिए ।

आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  गत वर्षको दशैं अगाडि ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सञ्चालन गरेको थियो ।

आईएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आईएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आईएमई गरी आईएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा  रकम पठाउने सेवाग्राहीहरू योजनामा सहभागी थिए ।

आईएमई गरौं, उद्यमी बनौं’ योजना  सार्वजनिक

आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले  ‘आईएमई गरौँ, उद्यमी बनौं’ योजना   सार्वजनिक गरेको छ ।

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले  उद्यमशील बन्न सहयोग पुग्ने गरी  दोस्त पिक अप ट्रक जित्ने छन् ।

सँगसँगै पहिलो तिन महिना असोज सात गते देखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार जित्नेछन् । सँगै हरेक तीन/तीन महिनामा बम्पर उपहार समेत  जित्न सक्नेछन्  ।

दशैं, तिहार तथा छठ पर्व लक्षित यस योजना अन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।

दैनिक पुरस्कारमा आईएमईको अफर सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको एअर बड प्राप्त गर्नेछन् ।

हरेक हप्ता एक जना विजेताले डीएच आईहोम अप्लाइन्सेसका  घरायसी प्रयोगका सामानहरू टीभी, रेफ्रिजेरेटर वा वासिङ  मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेताहरू हुनेछन् ।

मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन् । यसमा तीन जना विजेता हुनेछन् ।

बम्पर पुरस्कारमा  भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्ने छन् । असोजदेखि साउनसम्म लागु हुने यस योजनामा तीन जना विजेताहरूले बम्पर पुरस्कार प्राप्त गर्ने छन् ।

नयाँ योजना सार्वजनिक गर्दै आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको  मुख्य स्रोतको रूपमा रहेको रेमिट्यान्सलाई उद्यमशीलता अभियानसँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताए ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र  सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?