+
+

भौतिक सचिव शर्माले गरे कार्यसम्पादन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १९:३६

७ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले मन्त्री देवेन्द्र दाहालसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

सोमबार मन्त्रालयमा सचिव शर्माले मन्त्री दाहाल समक्ष चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनबारे सम्झौता गरेका हुन् ।

यसअघि मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेका थिए ।

मन्त्री दाहाल समक्ष सचिव शर्माले कार्यसम्पादन सम्झौता गरेसँगै सचिव र महाशाखा प्रमुख एवम् विभागीय प्रमुखहरूबीच पनि सम्झौता भएको छ ।

कार्य सम्पादन सम्झौतापछि मन्त्री दाहालले नतिजामुखी भएर कार्य सम्पादन गर्न निर्देशन दिए ।

‘म स्टन्टमा विश्वास गर्दिन, नजितामा विश्वास गर्छु,’ मन्त्री दाहालले भने, ‘तपाईंहरूले पनि सोही ढंगबाट नतिजा देखिने गरी कार्यसम्पादन गर्नु हुने छ भन्ने विश्वास छ ।’

तत्काल गर्नु पर्ने र नागरिकलाई राहत महसुस हुने कामलाई प्राथमिकता दिन भन्दै उनले चाडपर्वको समय सुरु भएकाले सडकको सहज व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

सवारी चालक अनुमति पत्र वितरणमा देखिएको समस्या समाधान गर्न, पूर्वाधार निर्माणमा देखिएको सुस्तताको अन्त्य गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?