+
+

कस्तो छ संगीतको नयाँ ट्रेन्ड झल्काउने भनिएको मंगोलियन हार्टको पछिल्लो गीत ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते २०:१६

काठमाडौं । गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट रहेका उनले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत ल्याएका हुन् ।

लामाकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा समेत उनकै अभिनय छ । उनीसँग अभिनेत्री करिश्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छन् ।

पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको गीतको नृत्य निर्देशन सोनम पाख्रिनले गरेका छन् । म्युजिक भिडियो निर्देशक पनि पाख्रिन नै हुन् । गीतले संगीतको पछिल्लो ट्रेन्ड झल्काउने राजु बताउँछन् ।

‘यो इलेक्ट्रोनिक डान्स म्युजिक हो । गीतले युवतीसँग गहिरो प्रेममा रहेको एक युवकको कथा भन्छ,’ उनले भने, ‘नयाँ स्वाद दिने प्रयत्न गरेको छु । दर्शक÷श्रोताले अपनत्व लिएर सुन्छन् र हेर्छन् भन्ने मेरो विश्वास छ ।’

राजु विगत ३३ वर्षदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?