+

विश्व पर्यटन दिवसमा नगरकोटमा मोटरसाइक्लिङ कार्निभल हुने

२०८१ असोज  ८ गते ८:३६ २०८१ असोज ८ गते ८:३६
विश्व पर्यटन दिवसमा नगरकोटमा मोटरसाइक्लिङ कार्निभल हुने

७ असोज, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल गर्ने भएको छ । कार्निभल नगरकोटमा गरिने आयोजकले जनाएको छ ।

टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा कार्निभल आयोजना हुने नासा नेपालले जनाएको छ । सो कार्यक्रमले दिगो पर्यटन, ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र मोटरसाइक्लिङ्ग सेफ्टीमा विषेश महत्व राख्ने आयोजकको विश्वास छ ।

सेप्टेम्बर २८ का दिन काठमाडौंदेखि नगरकोटसम्म टु ह्विल टुरिङ टु नगरकोट नामक मोटरसाइकल र्‍याली आयोजना हुनेछ । नगरकोटमा पोलिसी डायलग अन्तर्गत विमेन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।

मोटरसाइक्लिङ कार्निभलको सन्दर्भमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर  लगायतका विभिन्न प्रतिस्पर्धात्मक गेमहरु पनि आयोजना गरिने र सो अवसरमा केही भ्लगरहरुले राइडिङ र टुरिङ सम्बन्धी आफ्ना अनुभवहरु सेयर गर्ने आयोजकले जनाएको छ ।

मोटरसाइकल कार्निभल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय